शनिबार, कार्तिक १०, २०८१

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

  
कर्णाली टाइम्स सोमवार, पुस २०, २०७७


सुर्खेत । कालिकोटबाट विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । आईतबार बेलुका जिल्ला प्रहरी कार्यालयको टोलीले कालिकोटको नरहरीनाथ गाउँपालिका–९ बाट दुईजना विप्लव समूहका कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।
नरहरीनाथ–९ का बर्षीय दुर्गाराज बोहरा र जाजरकोटको भेरी नगरपालिका–२ का बर्षीय पदमबहादुर पुनलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको हो ।
उनीहरको साथबाट नाल नभएको काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाईट लोला, वायर कटर, टेलिफोन तार, केप बनाउन प्रयोग गरिने आल्मुनियम, विष्फोटक पदार्थ सम्बन्धी किताब, राजनीतिक प्रतिवेदन, मोवाईल, कनेक्नस स्टिक बरामद् गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।