शुक्रबार, बैशाख ७, २०८१

एउटाको जग्गा अर्कैको नाममा गर्न सहयोग गर्ने मालपोतका सुब्बा पक्राउ

  
कर्णाली टाइम्स बिहीबार, माघ १, २०७७


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका एकजना कर्मचारीलाई पक्राउ गरेको छ । एउटाको जग्गा अर्कैको नाममा गरेको आरोपमा बुधवार मालपोत कार्यालय सुर्खेतमा कार्यरत नायबसुब्बा विश्वरुप साँवदलाई पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिई अर्काको नाममा गर्ने काममा सहयोग गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
रावतको नाममा शंकरचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये ४ कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिका नाममा विक्री भएको खुलेको छ । उनले सन्तोष ठाकुर नामका व्यक्तिसँगको मिलेमतोमा उक्त काम गरिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मुख्य अभियुक्त भनिएका ठाकुर भने पक्राउ परेका छैनन् । पक्राउ परेका साँवदमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।