बुधबार, बैशाख १९, २०८१

बुवाले घरमा आगो लगाउँदा दुई छोरा जले, एक घाइते

  
कर्णाली टाइम्स बुधबार, पुस २९, २०७७

कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बुवाले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।
नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।
घरायसी झगडाका कारणले भैरेले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए । रासस