शुक्रबार, बैशाख ७, २०८१

बुलबुले तालमा फसेको जरायोको उद्दार

  
कर्णाली टाइम्स आइतवार, माघ ४, २०७७


सुर्खेत । सुर्खेतको पर्यटकी स्थल बुलबुले तालमा फसेको जरायोको आईतबार बिहान उद्दार गरिएको छ । डिभिजन वन कार्यालय वीरेन्द्रनगरको टोलीले करिब ३ बर्षीय उक्त जरायोको उद्दार गरेको हो ।
स्थानीयले तालमा जरायो फसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वनलाई दिएको जानकारीका आधारमा त्यसको उद्दार गरिएको छ । जरायोको बासस्थानका रुपमा रहेको दक्षिणतर्फको काँक्रेबिहार संरक्षित क्षेत्रबाट उक्त जरायो आएर फसेको हुन सक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत टेकबहादुर रावलले जानकारी दिए ।
गएरातिदेखि नै जरायो उक्त तालमा फसेको हुन सक्ने अनुमान गरिएको छ । अचेत अवस्थामा तालमा फसिरहेको उक्त जरायोको उद्दारपछि डिभिजन वन कार्यालयमै राखेर उपचार भईरहेको रावलले जानकारी दिए ।
जरायो निको भएपछि सोही काँक्रेबिहार संरक्षित क्षेत्रमा लगेर डाडिने उनले बताए । रावलका अनुसार जरायोको टाउकोसहित तीन ठाउँमा घाउ भएको छ । तार बारमा ठोक्किएर जरायोको शरीरमा घाउ लागेको अनुमान गरिएको उनले बताए ।