बिहीबार, बैशाख १३, २०८१

पत्रकार सेजुवाल सम्मानित

  
कर्णाली टाइम्स शुक्रबार, फागुन २८, २०७७


सुर्खेत । पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल सम्मानित भएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा सम्पन्न प्रथम महाधिवेशनबाट सेजुवाललाई सम्मान गरेको हो ।
कान्तिपुर पब्लिकेशनको कर्णाली प्रदेश ब्युरो संयोजक समेत रहेका सेजुवाललाई पत्रकारिताको माध्यमबाट जातीय भेदभाव तथा छुवाछुतको अन्त्य र सामाजिक न्यायको क्षेत्रमा गरेको योग्दानस्वरुप सम्मान गरिएको हो ।
२५ हजार रुपैयाँ नगद्सहित प्रमाण पत्र प्रदान गरिएको राष्ट्रिय दलित पत्रकार संघ सुर्खेत जिल्ला अध्यक्ष जगतदल जनाला विकले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि रहेको पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सेजुवाल यसै बर्ष नेपाल पत्रकार महासंघ बेल्जियम शाखाबाट पनि पुरस्कृत भएका छन् । कोरोना संकटमा उत्कृष्ट रिपोर्टिङ गरेवापत् उनलाई बेल्जियम शाखाले सम्मान गरेको हो ।