आइतवार, बैशाख २३, २०८१

कालिकोटबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना, दुई जनाको मृत्यु, १६ जना घाईते

  
कर्णाली टाइम्स बिहीबार, फागुन २७, २०७७


सुर्खेत । कालिकोटबाट सुर्खेत आउँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १९ जना यात्र ल्याएर आएको कर्णाली प्रदेश ०२४७ एसएमएल नम्बरको मिनिबस दैलेखको आठविस नगरपालिका–३ सेराघाटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका–२ का ३७ बर्षीय जितेन्द्र बहादुर शाही र नरहरीनाथ गाउँपालिकाका २१ बर्षीय कमल विकको मृत्यु भएको हो । शाहीको घटना स्थलमै मृत्यु भएको हो भने विकको दुर्घटना स्थल नजिकै रहेको शाही मेडिकलमा उपचार गर्ने क्रममा मृत्यु भएको एसएसपी हो ।
बिहिवार बिहान ११ बजे गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गाडी करिब ६० मिटर सडकबाट तल खसेको कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दका अनुसार अर्को गाडीलाई ओभरटेक गर्नेक्रममा मिनिबस सकडबाट खसेको हो । दुर्घटनामा घाईते भएका ११ जनालाई दुईवटा एम्बुलेन्समा राखेर सुर्खेत ल्याईरहेको चन्दले जानकारी दिए । तिमध्ये २ जनाको अवस्था गम्भीर छ ।
बाँकी ५ जना घाईतेको अवस्था सामान्य रहेको र शाही मेडिकलमै उपचार भईरहेको छ । गाडीका चालक र सहचालक भने फरार रहेको चन्दले बताए ।