शनिबार, बैशाख ८, २०८१

सुर्खेतमा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०८ जनालाई कारबाही

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख १७, २०७८


सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञाको अवज्ञा गर्ने १५ सय जना बढी कारबाहीमा परेका छन् । १४ गते राति १२ बजेदेखि जारी गरिएको निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०८ जनालाई प्रहरीले कारबाही गरेको हो ।
यिमध्ये १८७ जनालाई जरिवाना गरिएको छ भने १ हजार ३२१ जनालाई होल्डिङ सेन्टरमा राखेर सम्झाईबुझाई गरी घर पठाईएको छ ।
यस्तै निषेधाज्ञा अवज्ञा गरी चलाईएको ५० वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कोरोना महामारीको ख्याल नगरी मास्कविना हिँड्ने ७३५ जनालाई मास्क बितरण गरी सम्झाई बुझाई पठाईएको प्रहरीले जनाएको छ ।