बुधबार, बैशाख १९, २०८१

सोमबार राति १२ बजेदेखि आन्तरिक उडान बन्द हुने

  
कर्णाली टाइम्स आइतवार, बैशाख १९, २०७८


सुर्खेत सरकारले बढ्दो कोभिड संक्रमण रोकथामका लागि सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कृषि मन्त्री पद्मा अर्यालले दिएको जानकारीअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रित भेटिएका छन् ।
मन्त्री अर्यालका अनुसार मन्त्रिपरिषद्ले भारतसँगका उडान पनि सोमबार रातिदेखि बन्द गर्ने निर्णय गरेको छ ।