शनिबार, बैशाख ८, २०८१

मन्त्रालय फुटाएर कर्णालीमा मन्त्रीपरिषद् विस्तार

  
कर्णाली टाइम्स बुधबार, बैशाख २९, २०७८
नवनियुक्त मन्त्रीहरु । बायाँबाट क्रमस: विन्दमान विष्ट, सिता नेपाली र गोपाल शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रालय नै फुटाएर मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधवार मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका तीनजना सांसदलाई मन्त्री बनाएका छ्न् ।
रुकुम पश्चिमका गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री, सुर्खेतका विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरिएको छ ।
माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक रहेकी सिता नेपालीलाई जलस्रोत मन्त्रीमा नियुक्त गरिएको छ । उनलाई मन्त्री बनाउन मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएका छन् ।
मन्त्रालय फुटाएसँगै अब कर्णाली प्रदेशको मन्त्रिपरिषद ८ सदस्यीय बनेको छ ।
नेपाली सुर्खेतबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद् हुन् । आर्थिक मामिला मन्त्रालयमा नियुक्त शर्मा रुकुम पश्चिम निर्वाचन क्षेत्र १ (ख) बाट प्रत्यक्ष निर्वाचित् सांसद् हुन् भने कानुन मन्त्री नियुक्त भएका विन्दमान विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट प्रत्यक्ष निर्वाचित हुन् ।
थपिएका मन्त्रीहरुका आजै सपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।