बिहीबार, असोज २, २०८२

फेरि घट्यो सुनको मूल्य

  
कर्णाली टाइम्स बिहीबार, साउन ७, २०७८


सुर्खेत। बिहीबार सुनको मूल्य सात सयले फेरि घटेर तोलाको ९१ हजार ८ सयमा कायम छ। अघिल्लो दिन सुनको मूल्य ९२ हजार पाँच सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १२ सय ६० रुपैयाँमा कायम थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय दुई अमेरिकी डलरमा कारोबार भइरहेको छ।