बिहीबार, बैशाख १३, २०८१

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

  
कर्णाली टाइम्स बुधबार, भदौ ३०, २०७८


सुर्खेत आजदेखि कक्षा १२ को परीक्षा सुरू हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आजदेखि सुरू गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।
कोरोनाभाइरस महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो। अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षा सुरू हुन लागेको छ। प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो।
परीक्षा असोज ८ गते सकिनेछ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको बताए।
यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन्। विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन्। परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन्।