शुक्रबार, बैशाख ७, २०८१

नगदसहित चार जुवाडे पक्राउ

  
कर्णाली टाइम्स शनिबार, असोज २, २०७८


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरबाट चारजना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले शुक्रबार राती ११ बजेट उनीहरुलाई पक्राउ नगदसहित पक्राउ गरेको हो।
वीरेन्द्रनगर–२ भुरेलीस्थित एउटा घरमा जुवा खेलीरहेका वीरेन्द्रनगर–३ का कमल अधिकारी, शेरबहादुर गौतम, सर्पराज रोकाया र हरि रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट नगद ६५ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।
प्रहरी पुग्ने सम्भावना कम भएको ठाउँमा बसेर जुवा खेलिरहेका उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको उनले जानकारी दिए।