शनिबार, बैशाख ८, २०८१

चाडपर्वको बेला सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने प्रयासमा सुर्खेत प्रशासन

  
कर्णाली टाइम्स मंगलबार, असोज ५, २०७८


सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनको लागि पहल गर्ने भएको छ ।
सोमबार प्रशासन र सरोकारवालाहरुबीच भएको छलफलका क्रममा हाल चलनचल्तीमा रहेको मूल्यभन्दा कम मूल्यमा दैनिक उपभोग्य वस्तु बेचविखन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेचविखन गर्ने वस्तुहरुको विविधिकरण गरी सर्वसाधारको सुविधाका लागि विक्री गर्ने समय विस्तार गर्ने निर्णय गरिएको छ ।
दैनिक उपभोग्य वस्तु बेच्ने पसलहरुले अनिवार्य मूल्य सूची राख्नुपर्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा चिनी मौज्दात नरहेकोले सम्बन्धित निकायसँग समन्वय गरी चिनीको आपूर्ती गर्ने निर्णय पनि गरिएको छ । चाडबाडका बेला चिनी बढी उपभोग हुने भएकलो यसको मौज्दातको व्यवस्था मिलाउने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
यस्तै चाडपर्वको अवसरमा सर्वसाधारणलाई सहुलियतपूर्ण मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन जिल्लास्थित सहकारी संघसंस्थाहरुले पनि पहल गर्नुपर्ने व्यवस्था मिलाईएको छ ।