शनिबार, बैशाख ८, २०८१

अखिल क्रान्तिकारीको अध्यक्षमा कालीकोटकी पञ्चा सिहं

  
कर्णाली टाइम्स आइतवार, असोज १७, २०७८


सुर्खेत। नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा कालीकोटकी पञ्चा सिंह चयन भएकी छन्।
काठमाडौंमा जारी क्रान्तिकारीको अधिवेशनले पार्टी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डलाई अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी दिएको थियो।
अध्यक्ष प्रचण्डले आईतबार सिंहलाई अध्यक्ष चयन गरेका हुन्।
सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी सिंह माओवादी नेता जनार्दन शर्मानिकट हुन्।
सुरेन्द्र बस्नेत पनि अखिल क्रान्तिकारीको अध्यक्षकाे लागि आकांक्षी थिए। नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष सिंह बनेकी छन्।