शनिबार, बैशाख ८, २०८१

मुगुमा बस दुर्घटना : २३ जनाको मृत्यु (अपडेट)

  
कर्णाली टाइम्स मंगलबार, असोज २६, २०७८

सुर्खेत। मुगुमा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार २३ जनाको शव घटनास्थलबाट निकालिएको छ ।

सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो दुई बजेतिर छाँयानाथ रारा नगरपालिका-७ मा दुर्घटनामा परेको हो । बसमा ३९ जना यात्रु सवार थिए ।

घटना स्थलमा सुरक्षाकर्मीहरु उद्दारमा लागेका छन् । मृतकका संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बस सडकबाट अन्दाजी ढाई सय मिटर तल खसेको छ ।

दुर्घटनामा घाईतेहरुलाई उद्दार गर्न सुर्खेतबाट हेलिकप्टर मुगु जान लागेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।