आइतवार, मंसिर ७, २०८२

वडाको मतपरिणाम ढिला आउँदा सुर्खेतमा कांग्रेसको गाउँ/नगर अधिवेशन सर्यो

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक ३०, २०७८


सुर्खेत। सुर्खेतमा आज तोकिएको नेपाली काँग्रेसको गाउँ/नगर अधिवेशन सरेको छ। वडा अधिवेशनको मत परिणाम ढिला आउँदा आज तय भएको गाउँ/नगर अधिवेशन सारिएको हो।
गाउँ तथा नगर अधिवेशन बुधबारका लागि सारिएको छ।
कात्तिक २८ गते भएको सुर्खेतका वडा अधिवेशनको मतपरिणाम पूर्ण रुपमा आईनसकेको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए। अहिलेसम्म पनि दुर्गमबाट विवरण आईनसकेको र गाउँ तथा नगरमा निर्वाचन अधिकृत तोकेर पठाउनुपर्ने काम पनि नसकिएकोले भोलिका लागि अधिवेशन सारिएको उनले बताए।
क्रियाशिल सदस्यतासम्बन्धी विवाद नमिल्दा कर्णाली प्रदेशका सुर्खेत र डोल्पामा कांग्रेसको वडा तहको अधिवेशन हुन सकेको थिएन। २८ गते भएको अधिवेशनबाट सुर्खेतका ९९ वडामध्ये अधिकांशमा सभापतिसहितका पदाधिकारी तथा सदस्य संस्थापन पक्षका चयन भएका छन्।