बुधबार, बैशाख ५, २०८१

कर्णाली प्रदेशको कृषि मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक ३०, २०७८

सुर्खेत। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश संसदीय दलको नेता समेत रहेका शाही मंगलबार कृषि मन्त्रीमा नियुक्त भएका हुन्।

मुगुबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने शाहीले मंगलबार नै मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्।

प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को सत्ता साझेदार दलहरुबीचको वैठकले उनलाई मन्त्री नियुक्त गर्ने निर्णय गरेको हो।

कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका जीवन शाहीले दुई सातापछि एकजना मन्त्री नियुक्त गरेका छन्।