बिहीबार, पुस ३, २०८२

एमसिसी विरुद्धको प्रदर्शनका निहुँमा केही समूह उग्र बनेपछि वीरेन्द्रनगरमा कर्फ्यू

  
कर्णाली टाइम्स सोमवार, फागुन १६, २०७८


सुर्खेत। एमसीसी पारित भएको विरोधमा आज गरिएको प्रदर्शनमा केही प्रदर्शनकारी उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो।
भोली उत्तरमा कपासे, दक्षिणमा काँक्रेबिहार, पूर्वमा सुब्बाकुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
प्रदर्शन सकिएपनि केही प्रदर्शनकारीले साँझपख पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गर्न थालेपछि कर्फ्यू जारी गरिएको उनले बताए।
स्थिति नियन्त्रणमा लिन अहिले पनि वीरेन्द्रनगर बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका ६ राजनीतिक दलले सोमबार बन्द आह्वान गरेका थिए। बन्द सकिएपछि केही समूहले पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका छन्।
प्रदर्शन घोषणा गरेका पार्टीले भने पार्टी कार्यालयमा गरिएका गतिविधिहरुमा आफूहरुको संलग्नता नभएको बताएका छन्।