कर्णाली टाइम्स
बिहीबार, फागुन २६, २०७८

सुर्खेत। संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ।
बिहिवार बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले बताएको छ। बसमा करिब २५ जना रहेको अनुमान छ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। अहिलेसम्म १३ जनाको शव निकालिएको छ।
साथै घाइतेको उद्धार गरिएको उनले बताए। पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ। घाईतेमध्ये पनि तीनजना गम्भीर घाईते छन्। केही घाईतेहरुको हेलिकप्टरबाट पनि उद्दार गर्न लागिएको प्रहरीले जनाएको छ।
केही यात्रुलाई जिवितै उद्धार गरिएको छ। बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
