बिहीबार, पुस १०, २०८२

दैलेखमा जीप दुर्घटना, ९ जना घाईते

  
कर्णाली टाइम्स बिहीबार, चैत्र १०, २०७८


सुर्खेत। दैलेखमा जीप दुर्घटना हुँदा ९ जना घाईते भएका छन्। दैलेख सदरमुकामबाट चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको लु २ च ४५५४ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार घाईतेमध्ये तीनजनालाई थप उपचारका लागि सुर्खेत पठाईएको छ। अरु ६ जनालाई सामान्य चोटपटक लागेको छ।
सुर्खेतको मेहलकुनाका जीप चालक ईन्द्रप्रसाद ज्ञवाली, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का पूर्ण शाही र वडा नम्बर ६ का सूर्य शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याउन लागिएको हो।
उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। बाटोमा गुडिरहेको गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो।