बिहीबार, बैशाख १३, २०८१

अवैध काठसहित तीन जना पक्राउ

  
कर्णाली टाइम्स आइतवार, चैत्र १३, २०७८


सुर्खेत। अवैध रुपमा ओसारपसार भईरहेको काठसहित सुर्खेतबाट तीनजना पक्राउ परेका छन्। शनिबार राति लेकवेशी नगरपालिका–८ गन्नेपानीबाट ७८.९ क्युफिट काठसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
भे १ ख २७७९ नम्बरको मिनी ट्रकमा लोड गरी वीरेन्द्रनगरतर्फ काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। ट्रक चेकजाँच गर्नेक्रममा भुसको बोरामुनि लुकाएर राखिएको काठ भेटिएको प्रहरीले जनाएको छ।
ओसारपसारमा संलग्न दैलेखको नारायण नगरपालिका–१ का यामबहादुर तारामी, बाजुराको बडिमालिका गाउँपालिका–६ का डम्मर बडुवाल र लेकवेशी नगरपालिका–८ का श्याम चपाइँ पक्राउ परेको प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेकामधये चपाइँ र नियन्त्रित काठ अनुसन्धानका लागि जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाईएको छ।