बुधबार, बैशाख ५, २०८१

पसलमै पुगेर मत माग्दै लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धनका उम्मेदवार (तस्विरहरु)

  
कर्णाली टाइम्स बुधबार, चैत्र ३०, २०७८

सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको चुनावी मैदानमा उत्रिएको ‘वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धन’का उम्मेदवारहरुले चुनाव लक्षित घरदैलो अभियान गरिरहेका छन्।

समूहले बुधवार पूर्वी सुर्खेतका विभिन्न ठाउँमा पुगेर व्यवसायीहरुसँग भेटघाट गरिरहेको छ। समूहको नेतृत्व गरेका सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार हर्षविक्रम खड्का, वरिष्ठ उपाध्यक्ष गणेश बस्नेत तथा विभागीय उपाध्यक्षका उम्मेदवार, महासचिवका उम्मेदवार रामप्रसाद जैसी (राजु) लगायतका सबै उम्मेदवारहरु निर्वाचन लक्षित भेटघाटमा छन्।

उनीहरुले छिन्चु बजार, रामघाट बजार र मेहलकुना बजारमा आफ्नो समूहलाई जिताउन आग्रह गरेका छन्। उनीहरुले व्यवसायीहरुका पसलमै पुगेर प्रतिबद्धता जाहेर गर्दै मत मागिरहेका छन्।

तस्विरमा हेर्नुहोस् गठबन्धनको घरदैलो अभियानः