शुक्रबार, बैशाख ७, २०८१

सुर्खेतको वीरेन्द्रनगर र चिङ्गाडमा एमाले, बराहतालमा माओवादीको सुरुआती अग्रता

  
कर्णाली टाइम्स शनिबार, बैशाख ३१, २०७९


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। २०० मत गन्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार मोहनमाया ढकालले ११४ मत ल्याएकी छन्।
यस्तै काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले ८५ मत पाएका छन्। राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्यम गिरीले ४४ मत ल्याएका छन्।
यस्तै उपमेयरमा एमालेका उम्मेदवार निलकण्ठ खनालले १११ मत ल्याएका छन्। माओवादीका उपमेयरका उम्मेवारले ८१ मत ल्याएका छन्।
वीरेन्द्रनगरमा माओवादी र काँग्रेसबीच गठबन्धन छ।
बराहताल गाउँपालिमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। तीन सय मतगणना हुँदा नकेपा माओवादीबाट अध्यक्षका उम्मेदवार किशोरभक्त सुनारले ११६ मत पाएका छन्।
यस्तै नेपाली कांग्रेसका भिम भण्डारी ९१ र एमालेबाट घनश्याम पाण्डेले ७९ मत पाएका छन्।
यस्तै चिङ्गाडको गाउँपालिकामा पनि नेकपा एमालेले अग्रता लिएको छ। ३०० मत गणना हुँदा अध्यक्षमा एमालेका बोधविक्रम जिसी १७०, काँग्रेसका डोरप्रसाद शर्माले ११९ मत ल्याएका छन्।