शुक्रबार, बैशाख १४, २०८१

सुर्खेतको लेकवेशीमा बहुमत वडासहित मेयरमा काँग्रेस निर्वाचित, उपमेयरमा एमाले

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ ४, २०७९


सुर्खेत। सुर्खेतको लेकवेशी नगरपालिकामा बहुमत सदस्यसहित नेपाली काँग्रेसले मेयरमा जितेको छ। नेपाली काँग्रेसका उमेशकुमार पौडेल ६ हजार ६३९ मत ल्याएर लेकवेशीमा मेयरमा निर्वाचित भएका हुन्।
एमालेबाट मेयर उठेका देवबहादुर रानाले ६ हजार ३७४ मत ल्याएका छन्। माओवादीबाट उम्मेदवार बनेका रामबहादुर चर्पाले ८०४ मत ल्याएका छन्।
लेकवेशीको उपमेयरमा भने एमालेकी विमला खड्लुक निर्वाचित भएकी छन्। उनले ६ हजार १०९ मत ल्याएकी छन्। उनका प्रतिद्वन्द्वी नेकपा एकीकृ तसमाजवादीका देउकली थापामगरले ५ हजार ४४० मत ल्याएकी छन्।
लेकवेशी नगरपालिकाका ११ वडामध्ये नेपाली काँग्रेसले ८ वडामा अध्यक्ष जितेको छ। वडा नम्बर १, २, ३, ४, ६, ८, ९ र १० मा नेपाली काँग्रेसले जितेको छ भने ५ र ७ मा नेकपा एमालेले वडा अध्यक्ष जितेको छ।