मंगलबार, बैशाख १८, २०८१

दशवटा वडासहित गुर्भाकोटमा जित्यो काँग्रेसले, दोहोरिए मेयर र उपमेयर

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ ४, २०७९


सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरापालिकामा नेपाली काँग्रेसबाट मेयर र उपमेयर दोहोरिएका छन्। नेपाली काँग्रेसका हस्त पुन ११ हजार ९७८ मत ल्याएर मेयरमा निर्वाचित भएका छन् भने मैना विक ११ हजार ७४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी छन्।
उनीहरु दुवैजना २०७४ को स्थानीय तह निर्वाचनबाट पनि मेयर र उपमेयरमा निर्वाचित भएका थिए।
यसपटकको निर्वाचनमा मेयरमा एमालेबाट उम्मेदवार तिलकबहादुर खत्री १० हजार १६८ मत ल्याएर पराजित भए भने उपमेयरमा एमालेका उम्मेदवार शुसिला कुमारी विश्वकर्मा (सुनार)ले १० हजार २९९ मत ल्याएर पराजित भएकी छन्।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहपालिका गुर्भाकोटका १४ वडामध्ये १० वडामा पनि नेपाली काँग्रेसले अध्यक्ष जितेको छ।
वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३ मा काँग्रेसले अध्यक्ष जितेको छ भने १, १०, ११ र १४ मा नेकपा एमालेले जितेको छ।