मंगलबार, बैशाख १८, २०८१

भेरीगगां नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ ५, २०७९


सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकामा तीनवटा वडासहित नेकपा एमालेले मेयर र उपमेयरमा जितेको छ। नेकपा एमालेका यज्ञप्रसाद ढकाल १० हजार २२ मतसहित मेयरमा निर्वाचित भएका छन् भने उपप्रमुखमा एमालेकै धनसरा बोहरा ९ हजार ६१४ मत ल्याएर निर्वाचित भएकी छन्।
मााओवादी–काँग्रेस गबन्धनअनुसार काँग्रेसबाट मेयर उम्मेदवार रामबहादुर सिंहले ९ हजार ७९७ मत ल्याएर पराजित भएका छन्। उपमेयरमा माओवादीबाट उम्मेदवार बनेका नन्दबहादुर कार्की ८ हजार ९१३ मत ल्याएर पराजित भएका छन्।
भेरीगंगा नगरपालिकामा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा मेर र उपमेयर दुवैमा काँग्रेसले जितेको थियो।
यसपटकको निर्वाचनमा भेरीगंगाका १३ वडामध्ये ८ वटा वडामा काँग्रेसले अध्यक्ष जितेको छ भने २ वडामा माओवादी र ३ वडामा एमालेले अध्यक्ष जितेको छ।