शुक्रबार, बैशाख ७, २०८१

एमालेबाट वीरेन्द्रनगरको मेयरमा भण्डारी, उपमेयरमा खनाल निर्वाचित

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ ५, २०७९


सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया भण्डारी निर्वाचित भएकी छन्।
नेपाली कांग्रेस र माओवादी बीचको गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका भण्डारी मेयर र उपमेयरमा निलकण्ठ खनाल विजयी भएका हुन्।
भण्डारीले गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ ले पराजित गरेकी छन्। उनले १६ हजार ३८ मत ल्याएकी छन् भने खड्काले १५ हजार ४८४ मत ल्याएका छन्।
राप्रपाबाट मेयर उठेका मुकुन्दश्याम गिरीले १० हजार ६ मत ल्याएर तेस्रो भएका छन्।
यस्तै, उपमेयरमा निर्वाचित खनालले २० हजार ३६४ मत ल्याएका छन्। प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएकी छन्।राप्रपाका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले ३ हजार ९६७ मत ल्याएकी छन्।