बिहीबार, बैशाख ६, २०८१

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ १५, २०७९


सुर्खेत। पोखराबाट जोमसोम उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ। आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको हो।
१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको बुझिएको प्रहरीको भनाई छ।
जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु थिए। यात्रुमध्ये ६ जना विदेशी नागरिक थिए। विस्तृत विवरण आउन बाँकी छ।