शनिबार, बैशाख ८, २०८१

तारा एयर जहाज दुर्घटनाः १४ जनाको शव फेला, अरुको खोजी कार्य जारी

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ १६, २०७९


सुर्खेत। तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो।
१२ जनाको छरिएको अवस्थामा र २ जनाको चेपिएको अवस्थामा शव फेला परेको हो। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान शंकलन गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टर शव लिने तयारी गरिएको नागरिक उड्ययन प्राधीकरणले जनाएको छ।
आइतबार बिहान हराएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। जहाजलाई यार्सा खोज्न गएका स्थानीयको टोलीले भेट्टाएका हुन् ।