शुक्रबार, बैशाख २१, २०८१

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा, भोली बाजुरा जाने

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ १७, २०७९


सुर्खेत। राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आएकी छन्। भोली सुदूरपश्चिम जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत आएकी हुन्। पौने २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी सुर्खेत आएको प्रहरीले जनाएको छ।
भोली बाजुराको बडीमालिकामा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा सहभागी हुने सुर्खेतबाट हेलिकप्टरमा जाने कार्यक्रम तय भएको छ।
राष्ट्रपति भण्डारी आज सुर्खेतमै बस्नेछन्।