शनिबार, बैशाख ८, २०८१

आज कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आउँदै

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ २४, २०७९

सुर्खेत। कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज आउने भएको छ। आजको प्रदेश सभा वैठकमा प्रदेश प्रमुखले आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
प्रदेश सभाको दशौं अधिवेशनअन्तर्गत आजको वैठक दिउँसो ३ बजे तोकिएको छ।
कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष ०७९/८० को लागि २७ देखि ३० अर्ब बजेट ल्याउने तयारी गरेको छ। आगामी आर्थिक बर्षको बजेटका नीति, उदेद्दश्य तथा सिद्धान्त एक साताअघि संसदमा प्रस्तुत गरिएको छ।
आगामी आर्थिक बर्षको बजेट अधुरा योजनालाई पूरा गर्ने लक्ष्यसहित ल्याइँदैछ।
आर्थिक बर्ष ०७९/८० को बजेट कर्णाली प्रदेशको पहिलो सरकार ल्याउने अन्तिम बजेट हुनेछ।