शुक्रबार, असार १७, २०७९

बालश्रम अन्त्यका लागि नीतिगत व्यवस्था गर्न भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  
कर्णाली टाइम्स सोमवार, असार ६, २०७९


सुर्खेत। बालश्रम अन्त्य गर्न भन्दै गैरसरकारी संस्था तथा अभियानता समूहहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन्। आइतबार एनसीपीए, स्वतन्त्रता अभियान र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका हुन्।
बलश्रम अन्त्यका लागि कर्णाली प्रदेशस्तरीय बालश्रम निवारण नीति तथा कार्ययोजनाको निर्माण र कार्यान्वयन गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको सोसेक नेपालका अध्यक्ष हिरासिंह थापाले बताए।
कर्णाली प्रदेश बाल अधिकार समिति गठन गरी त्यसअन्र्तगत बालश्रम निवारण कार्यदल वा उपसमिति गठन गर्न र बालबालिका हेर्ने सामाजिक विकास मन्त्रालयअन्र्तगत बालसंरक्षण तथा बालश्रम निवारण शाखा स्थापना गरी सञ्चालन गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण ज्ञापनपत्रमार्फत गराईएको छ।
प्रदेशभित्र सञ्चालित उद्योग व्यवसायहरुका कार्यस्थल र आपूर्तीका क्रममा बालश्रम प्रयोग नगर्न नितीगत कानूनी व्यवस्था गर्न, बालश्रमको जोखिममा रहेका तथा बालश्रममा रहेका बालबालिकाको परिवारलाई लक्षित गरी विशेष सामाजिक सुरक्षा योजना लागू गर्न सुझाव पनि प्रदेश सरकालाई दिईएको छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले बालश्रम अन्त्यका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए।