शुक्रबार, मंसिर १६, २०७९

नयाँ दल खोल्दै वामदेव गौतम

  
कर्णाली टाइम्स मंगलबार, असार १४, २०७९


सुर्खेत। नेकपा एमाले छोडेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नयाँ दल खौल्दै छन्। उनले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी नयाँ दलको घोषणा गर्न लागेका छन्।
भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा दिउँसो तीन बजे उनको पत्रकार सम्मेलन गर्न लागिएको हो।
यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए। अभियानका नामबाट उनले केही दिनअघि भेला पनि गरेका थिए।
गएको प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन्।
एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए।