शुक्रबार, बैशाख १४, २०८१

बामदेवको पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान

कार्यसमितिमा अध्यक्षसहित १२ जना, स्थायी कमिटिमा १५ जना भन्दा बढी नहुने

  
कर्णाली टाइम्स मंगलबार, असार १४, २०७९

सुर्खेत। केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोलेका छन्। उनले आज पत्रकार सम्मेलन गरी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’ नामको नयाँ दल गठन गरेका हुन्।
गौतमको पार्टीमा १५ जना स्थायी कमिटि सदस्य हुनेछन्। यस्तै कार्यसमितिमा बहुपदीय प्रणालीअनुसार अध्यक्षसहित १२ जना रहनेछन्।
अध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, १ उपमहासचिव, १ कोषाध्यक्ष र एक सचिव रहनेछन्।
यसअघि गौतमले नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) नामको पार्टी खोलेका हुन्।
सर्वोच्च अदालतले नेकपा विघटन गरेर एकता गरेका दुई दललाई पुरानै स्वरुपमा फर्काइदिएपछि उनी तटस्थ रहँदै आएका थिए।
गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।
उनले गठन गरेको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७५ जना केन्द्रीय सदस्य राखेका छन्। गौतमले पत्नी तुलसा थापा गौतम र छोरा हरिषदेव गौतमलाई समेटेर केन्द्रीय सदस्यको सूची तयार पारेका हुन्।