बिहीबार, बैशाख १३, २०८१

रारा ताल क्षेत्रमा विद्युत सेवा सुरु

  
कर्णाली टाइम्स मंगलबार, असार २१, २०७९


सुर्खेत। नेपाल विद्युत प्राधिकरणले २ हजार ९९० मिटर उचाईमा रहेको मुगुको रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ।
प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी रारा पुर्याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको प्राधिकरणले जानकारी दिएको छ।
हाल उक्त क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो। अब जलविद्युत गृहबाट उत्पादित विद्युत २४ सै घण्टा आपूर्ति हुने प्राधिकरणले जनाएको छ। रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरु, कार्यालयहरु र छेउछाउका घरहरुले विद्युत पाएका छन्।
रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको छ।