शुक्रबार, बैशाख १४, २०८१

काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा ढुंगा लाग्दा एक जनाको मृत्यु, एक जना घाईते

  
कर्णाली टाइम्स बुधबार, साउन ११, २०७९


सुर्खेत। गुडिरहेको बसमा ढुंगा लाग्दा सुर्खेतमा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा सडक माथीबाट खसेको ढुंगा लाग्दा दैलेखको भगवतीमाई गाउँपालिका–२ का १७ बर्षीया पार्वती शाहीको मृत्यु भएको हो। घटनामा वीरेन्द्रनगर–६ की राजकुमारी सुनार घाईते भएकी छन्।
मंगलबार बेलुका काठमाडौंबाट सुर्खेतको वीरेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८११ नम्बरको बस वीरेन्द्रनगर पुग्नै लाग्दा आज दिउँसो १ बजे भेरीगंगा–२ को पैसठ्ठी भन्ने ठाउँमा माथीबाट खसेको ढुंगा लागेको हहो।
घटनामा घाईते भएका दुवैजनालाई उपचारका लागि कर्णाल प्रदेश अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल पु¥याएलगत्तै शाहीलाई मृत घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाईते राजकुमारी सुनारको अवस्था सामान्य छ। उनको टाउकोमा चोट लागेको छ।
मृत्यु भएका शाही र घाईते सुनार चालकको पछाडिको सिटमा बसेको बुझिएको प्रहरीले जनाएको छ।