बुधबार, बैशाख ५, २०८१

भारतले घटाएर पठायो पेट्रोलको मूल्य

  
कर्णाली टाइम्स बिहीबार, मंसिर १, २०७९


सुर्खेत। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।
बुधबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा घटाएर पठाएको हो।
त्यस्तै, डिजेलमा एक रुपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ। मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा छ। त्यस्तै, डिजेलमा १० रुपैयाँ ८६ पैसा घाटा छ।
अब निगमको घाटा–नाफा १५ दिनमा खपत हुने डिजेलको आधारमा निर्भर रहन्छ। डिजेलको माग बढ्यो भने १५ दिनमा १५ देखि २० करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ।