शुक्रबार, असार २०, २०८२

४ गते राेकिएको सिम्ताको मतदान आज जारी

  
कर्णाली टाइम्स मंगलबार, मंसिर ६, २०७९
फाईल तस्विर।

सुर्खेत। मंसिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान जारी रहेको छ। सुर्खेत क्षेत्र नम्बर १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ।
सुरु मतदानका क्रममा प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान आइतबार स्थगित गरिएको थियो।
स्थगित मतदान केन्द्रको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकृत हितप्रसाद पौडेलले बताए। अहिलेसम्म दुई सय ५० बढी मत खसेको उनले जानकारी दिए।
उक्त मतदानस्थलका तीन मतदान केन्द्रमा दुई हजार नौ सय २६ मतदाता सहभागी हुनेछन्।