शुक्रबार, बैशाख १४, २०८१

जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, मंसिर २६, २०७९


सुर्खेत। जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। छेडागाड नगरपालिका–४ र ५ को बीचमा पर्ने भीरपाटीमा कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो।
सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए।
वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको जिप भीरपाटी नजिक मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, ५ वर्षीया बालिका निशा अधिकारी छन्।
दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
यस्तै छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढाको पनि घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष थापाले जानकारी दिए।
दुर्घटनामा घाइते भएका जैमान अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ।
उक्त जिप विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार ल्याउन लागिएको थियो।