शुक्रबार, बैशाख ७, २०८१

कर्णाली प्रदेशको उपसभामुख बनिन् न्यौपाने

  
कर्णाली टाइम्स बुधबार, माघ ४, २०७९


सुर्खेत। कर्णाली प्रदेश सभाको उपसभामुख नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने चयन भएकी छन्। बुधबार भएको निर्वाचनमा २४ जना सांसदको मतसहित न्यौपाने उपसभामुख बनेकी हुन्।
न्यौपाने कालीकोटबाट प्रतिनिधित्व गर्ने न्यौपाने समानुपातिक प्रणालीमार्फत् सांसद बनेकी थिईन्।
उनलाई नेकपा एमालेका ९, माओवादी केन्द्रका १३, राप्रपाका १ र नेकपा (एस) का १ जना सांसदले मत दिएका छन्।
कर्णाली प्रदेशको उपसभामुख पदका लागि नेपाली काँग्रेसबाट ईन्द्राकुमारी शाही उम्मेदवार थिईन्। उनले आफ्नो दलका १४ सांसदको समर्थन पाएकी छन्।
कर्णाली प्रदेश सभाका ४० सदस्यमध्ये एक जना स्वतन्त्र सांसद तटस्थ बसेका छन्। उनी सभामुख र उपसभामुखको दुवै निर्वाचनमा तटस्थ बसे।
यसअघि सभामुखको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गरेको नेकपा (एकीकृत समाजवादी) ले भने उपसभामुखमा माओवादीका उम्मेदवारलाई समर्थन गरेको छ।