बिहीबार, बैशाख २०, २०८१

कर्णाली प्रदेशको उपसभामुख बुधबार चयन गरिने

  
कर्णाली टाइम्स मंगलबार, माघ ३, २०७९


सुर्खेत। बुधबार कर्णाली प्रदेश सभाको उपसभामुख चयन गरिने भएको छ। मंगलबार बसेको प्रदेश सभा बैठकबाट बुधबार उपसभामुखको लागि निर्वाचन गर्ने मिति तोकिएको हो।
सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न समय तोकेकी हुन्। भोलि दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख घोषणा गर्नेछ।
आईतबार भएको निर्वाचनबाट कर्णाली प्रदेश सभाका सभामुखमा एमालेकी गुरुङ चयन भएकी छन्। उनले प्रदेश सभाका कुल ४० सदस्यमध्ये २४ जनाको समर्थन पाएकी हुन्।