आइतवार, बैशाख २३, २०८१

कर्णाली प्रदेशको सभामुख बनिन् नन्दा गुरुङ

मुख्यमन्त्री बनाउँदा माओवादीलाई समर्थन गरेको समाजवादीले सभामुखमा एमालेलाई गरेन

  
कर्णाली टाइम्स आइतवार, माघ १, २०७९


सुर्खेत। कर्णाली प्रदेश सभाको समामुखमा नन्दा गुरुङ निर्वाचित भएकी छन्। नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य बनेकी गुरुङ २४ कर्णाली प्रदेश सभाका २४ जना सदस्यको समर्थनमा सभामुखमा निर्वाचित भएकी हुन्।
प्रदेश सभाको सभामुख पदको लागि नेपाली काँग्रेसबाट खड्क पोखरेल उम्मेवदार दिए। समाजवादीको सहित १४ मत पाएका छन्। नेकपा समाजवादीका सांस कल्याणी खड्काले पनि काँग्रेसका पोख्रेललाई मत दिएकी छन्।
आइतबार भएको निर्वाचनमा प्रदेश सभाका ४० जना सदस्यमध्ये ३८ जना मतदानमा सहभागी भएका थिए।
एमालेकी गुरुङलाई नेकपा माओवदीका १३, एमालेका १०, राप्रपाका १ जना सांसदले मत दिएका छन्।
सभामुखको निर्वाचनमा नेपाली काँग्रेसलाई मत दिएकी खड्का यसअघि मुख्यमन्त्री चयन गर्दा सत्ता पक्षमा थिईन्। नेकपा एमाले, माओवादी, राप्रपा र समाजवादीको समर्थनमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए।
समाजवादीबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना मात्र सांसद खड्का मुख्यमन्त्री बनेका राजकुमार शर्माका समर्थक बसेकी थिईन्।
कर्णाली प्रदेश सभामा सहभागी स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही सभामुखको निर्वाचनमा तटस्थ बसेका छन्।