मंगलबार, बैशाख ४, २०८१

झुप्रा नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

  
कर्णाली टाइम्स आइतवार, माघ ८, २०७९


सुर्खेत। सत्तरीदेखि वीरेन्द्रनगर आउँदै गरेको हायलक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटना हुँदा चार जनाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीाक्षक सुरज कार्कीका अनुसार वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर अगाडि झुप्रा खोलानजिक गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा दैलेखको गुराँस गाउँपालिका–५ का ३३ बर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ बर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ बर्षीय राजेन्द्र बिसी र २७ बर्षीय सागर शाहीको मृत्यु भएको हो।
यस्तै दैलेखको भैरवी गाउँपालिका–५ का २५ बर्षीय वीरेन्द्रराज शाही घाईते भएका छन्। उनको उपचार कर्णाली प्रदेश अस्पतालमा भईरहेको छ। उनको छातीमा चोट लागेको प्रहरीले जनाएको छ।
आइतबार बिहान साढे २ बजे सडकबाट करिब ७० मिटर तल गाडी खसेको थियो। गाडी अनियन्त्रत भई दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।