सुर्खेत। ब्राउनसुगरसहित सुर्खेतबाट दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार वीरेन्द्रनगर–११ सुब्बाकुनास्थि प्रहरी चेक पोष्टमा ट्रक चेकजाँच गर्नेक्रममा ट्रकका चालक र सहचालक पक्राउ परेका हुन्।
उनीहरुबाट ब्राउनसुगर जस्तो देखिने १ पुडियो धुलो पदार्थ बरामद गरिएको छ। उक्त वस्तुको नापतौल गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दाङबाट जुम्लाका लागि आईरहेको क १ ख १० नम्बरको ट्रक चेकजाँच गर्दा सिटमाथिको मिटर बोर्ड भित्र लुकाई राखेको वअस्थामा १ पुडिया धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ। चालक र सहचालक दुवैजनालाई प्रहरी नियन्त्रणमा राखिएको छ।
यस्तै शनिबार पनि बबई चेक पोष्टबाट प्रहरीले एक जना युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको थियो। जुम्लाको चन्दननाथ नगरपालिका–५ का एक युवकलाई ११.७ ग्राम लागुऔषध सहित पक्राउ गरिएको थियो। उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कर्णाली टाइम्स
आइतवार, भदौ १०, २०८०