सुर्खेत। सुर्खेतमा भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। बिहिबार भएको अन्तिम खेलमा सशस्त्र प्रहरी (एपीएफ) लाई पराजित गर्दै नेपाल पुलिस क्लवले प्रतियोगिताको उपाधि हात पारेको हो।
अन्तिम खेलको सुरुवाती सेट दोस्रो, तेस्रो र चौथौं सेट लगातार जित्यो। पुलिस क्लवले पछिल्ला तीन सेटमा क्रमशः २५–१९, २५–१८ र २५–२३ तीन ३ अंक लिन सफल भएको थियो।
समूह चरणमा एपिएफसँग ३–१ को सेटमा पराजित भएको एनपिसीले अन्तिममा उसै टिमसँग खेलेर जितेको हो।
पुस २० गतेबाट सुरु भएको भएको प्रतियोगितामा सात प्रदेशबाट सातवटा टिम र तीनवटा विभागीय टिम सहभागी थिए।
दश टोलीलाई समूह चरणमा खेल खेलाईएको थियो। समूह ‘ए’ मा नेपाल पुलिस क्लव, एपीएफ, लुम्बिनी, बागमती र कोशी प्रदेश थिए। समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश थिए।
समूह चरणको खेलबाट शिर्ष अंक ल्याएको दुई टोली एपिएफ र नेपाल पुलिस क्लवल सेमिफाइनल खेलेका थिए।
३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश तेस्रोत स्थान ल्याउन सफल भएको छ। नेपाली आर्मीको टिमलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीको टिमले तेस्रो स्थान हासिल गरेको हो। समूह चरणम गण्डकीले आर्मीसँगै हार व्यहोरेको थियो।
३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लवका रविन चन्द घोषित भएका छन्।
उत्कृष्ट खेलाडी पुलिस क्लवकै चन्द्र कुँवर, उदयमान खेलाडी पहल गहतराज घोषित भएका छन्। बेस्ट ब्लकर पुलिस क्लवकै रविन नगरकोटी, बेस्ट स्पाइकर एपिएफका हेमन्त मल्ल, बेस्ट सर्भर गण्डकीका जीवन सुनार, बेस्ट लिब्रो पुलिस क्लवका भिम गाहा घोषित भएका छन् भने पुलिस क्लवकै यम राना मगर बेस्ट सटर घोषित भए
कर्णाली टाइम्स
बिहीबार, पुस २६, २०८०