मंगलबार, बैशाख १८, २०८१

भिजिट कर्णाली यातायातले सुरु गर्यो स्कर्पियो सेवा

  
कर्णाली टाइम्स मंगलबार, पुस २४, २०८०


सुर्खेत। भिजिट कर्णाली यातायात प्रालिले स्कर्पियोमार्फत यातायात सुविधा दिन थालेको छ। यात्रुलाई सहज यातायात सुविधा दिन प्रालिले १८ वटा स्कर्पियो ल्याएको छ। ती स्कर्पियोमा सार्वजनिक सवारीसाधनको भाडादर सरह नै यातायात सेवा दिईने भएको छ।
नयाँ कम्पनी स्थापना गरेर एक करोड शेयर लगानी गरी तत्काल १८ वटा स्कर्पियो ल्याईएको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाशकुमार शाहीले बताए। ‘समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली’ भन्ने नाराका साथ सेवा सुरु गरिएको उनले बताए।
प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यसहित स्कर्पियो गाडीहरु सञ्चालन गर्न थालिएको उनले जानकारी दिए। ‘विशेषगरी पर्यटकीय स्थलहरु मुगुको रारा, जुम्लाको चन्दननाथ, कालिकोटको पचालझरना, दैलेख पञ्चकोशी, महावुधाम लगायतका प्रमुख पर्यटकीय स्थलहरुमा सेवा दिने योजना बनाएका छौं,’ अध्यक्ष शाहीले भने।
प्रालिले अनलाइनमार्फत टिकट बुकिङ गर्न मिल्नेगरि तयारी भईरहेको शाहीले जानकारी दिए। ‘गाडीमा कर्णालीका प्रमुख पर्यटकीय स्थलहरुको तस्विर तथा स्टिकरहरु टाँस गरिने छ,’ उनले भने, ‘यसले प्रदेशको पर्यटनको प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा राखेका छौं।’