बुधबार, बैशाख १९, २०८१

सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, विभागीयसहित १० टिम सहभागी

  
कर्णाली टाइम्स शुक्रबार, पुस २०, २०८०


सुर्खेत। शुक्रबारदेखि सुर्खेतमा राष्ट्रि पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। २५ बर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको हो। शुक्रबारदेखि सुरु भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन उप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन्।
नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिको नेपाल भलिबल संघको आयोजना तथा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भईरहेको भलिबल प्रतियोगिता पुस २६ गतेसम्म चल्नेछ। प्रतियोगितामा कर्णाली प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ।
प्रतियोगितामा सात प्रदेशबाट सातवटा टिम सहभागी हुनेछन्। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विभागीय टिम पनि प्रतियोगितामा सहभागी हुने कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए।
दश वटा समूहबाट १५० जना खेलाडीहरु सुर्खेत आएका छन्। उनीहरुको प्रतियोगिताभरको सम्पूर्ण खर्च आयोजकबाटै व्यहोरिने श्रेष्ठले जानकारी दिए। ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताबाट राष्ट्रिय टिम छनोट गरिनेछ।
यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो।