बिहीबार, मंसिर १३, २०८१

स्थापना दिवसका अवसरमा प्रेस युनियनद्वारा फलफूल वितरण

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ १३, २०८१


सुर्खेत। नेपाल प्रेस युनियन कर्णाली प्रदेश कार्यसमितिले बिरामीहरुलाई फलफूल वितरण गरेको छ। नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा कर्णाली प्रदेश कार्यसमितिले आईएनएफ सुर्खेतमा रहेका बिरामीहरुलाई आइतबार फलफूल वितरण गरेको हो।
कर्णाली प्रदेश समितिका अध्यक्ष नरेशसिंह थापाको अध्यक्षतामा बिरामी र बिरामीका स्याहारकर्तासहित २० जनालाई फलफूल वितरण गरिएको हो।
यस्तै नेपाल प्रेस युनियन सुर्खेत शाखाले स्थापना दिवसकै अवसरमा शुभकामना आदानाप्रदान तथा चियापान कार्यक्रम गरेको छ। आइतबार पत्रकारहरुका विभिन्न संगठनका जिल्ला अध्यक्ष, युनियनका पूर्वअध्यक्ष तथा सम्बद्ध सञ्चारकर्मी तथा राजनीतिज्ञबीच शुभकामना आदान प्रदान गरिएको हो।
शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राजनीतिक दलका प्रतिनिधिहरुले सञ्चार जगत र पत्रकारितालाई विश्वासनीय बनाउन सबैको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिए।