सुर्खेत। सल्यानका दुई वटा पालिकाले गर्मीका कारण विद्यालय बन्द गरेका छन्। त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाले सूचना प्रशान गरेर आजदेखि विद्यालय बन्द गरेका हुन्। अत्याधिक गर्मीका कारण यी दुई पालिकाभित्रका १०२ विद्यालय बन्द गरिएको हो।
त्रिवेणी गाउँपालिकाले बर्खे बिदाबाट कटौती हुनेगरि एक साताका लागि विद्यालय बन्द गरेको हो। ारदा नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गरेको छ।
त्रिवेणी गाउँपालिकामा ३४ विद्यालयमा ५ हजार विद्यार्थी अध्ययनरत छन्। शारदा नगरपालिकाका ६८ विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन्।
गर्मीले विद्यार्थी बेहोस हुने, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ। विद्यार्थीहरु बिरामी हुन थालेपछि डाक्टरसहितको टिमले पालिकाका केही विद्यालयमा अनुगमन पनि गरेको थियो।
गर्मीका कारण विद्यार्थी बिरामी भएपछि पठनपाठन नै प्रभावित भएकाले विद्यालय बन्द गर्नुपरेको शारदा नगरपालिकाले जनाएको छ।
यस्तै सल्यानकै बनगाडकुपिण्डे नगरपालिकाले दिउँसो गर्मी हुने भएपछि विहान कक्षा सञ्चनलन गर्न थालेको छ।
कर्णाली टाइम्स
शुक्रबार, असार १, २०८१