शुक्रबार, कार्तिक ९, २०८१

चर्को आवाज निकाल्ने मोटरसाईकल ट्राफिकको नियन्त्रणमा

  
कर्णाली टाइम्स शुक्रबार, कार्तिक ९, २०८१


सुर्खेत। साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने मोटरसाईकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ। कात्तिक ६ गतेदेखि छुट्टै चेकिङ समूह बनाएर प्रहरीले त्यस्ता मोटरसाईकललाई नियन्त्रणमा लिएको हो।

शुक्रबारसम्म त्यस्ता १८ वटा मोटरसाईकल नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

मोटरसाईकलको चर्को आवाजका कारण ध्वनी प्रदुषण भएको जनगुनासो आएपछि साईलेन्सर तथा अरु भाग परिवर्तन गरी आवाज निकाल्ने मोटरसाईकल नियन्त्रणमा लिईएको कार्यालयले जनाएको छ।

नियन्त्रणमा लिइएका माटरसाईकललाई थप कारबाही प्रक्रियाका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतमा पठाईएको ट्राफिक कार्यालयले जनाएको छ।